फेरि एकपटक जंगल जान सक्छु : प्रचण्ड


काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि एक पटक जंगल जान सक्ने बताएका छन्। आइतबार काल मार्क्सको २०१ औं जन्मस्मृतिको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।




‘समृद्धि र समाजवाद : हामी कहाँ छौं’ शीर्षक दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म के ठान्छु भने सम्पूर्ण चिज त्याग गरेर फेरि एकपटक जंगलमा जानु परे जान सक्छु।’

फेरि जंगल जान आफूलाई कठिन नहुने प्रचण्डको दाबी छ। उनले त्यसका लागि साथीहरुको सहयोग भने आवश्यक हुने प्रष्ट पारे। ‘यो कुरा मलाई पटक्कै गाह्रो लाग्दैन’, प्रचण्डले भने, ‘कतिपय कसरी सकिन्छ भन्छन्। तर, तपाईंहरुको साथ चाहिन्छ म जान सक्छु।’




प्रचण्डले कसैले साथ नदिए एक्लै जोगी भएर भने नजाने प्रष्ट पारे।
‘तपाईंहरुले साथ नदिए  एक्लै जोगी भएर त जान्न’, उनले थपे, ‘तपाईंहरु साथमा हुनुभयो भने हेर्नुहोला म अर्को एउटा ‘क्लाइमेक्स’मा पार्टीलाई आन्दोलनमा लगेर मात्र माथि जाने विचारमा छु।’




सम्बन्धित
Loading...