नाम, ठेगाना ढाँटेर नेपाली नागरिकता लिने पाँच जनाविरुद्ध उजुरी


नाम, ठेगाना ढाँटेर नेपाली नागरिकता लिने पाँच जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी परेको छ।




भारतीय नागरिकहरुले आफ्नो नाम ठेगाना ढाँटी नेपाली नागरिकता लिएको भन्दै पर्सा जिल्ला बसडिल्ला –७ बस्ने उसमान अन्सारीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका हुन्।

भारत बिहार पूर्वी चम्पारण अञ्चल रामगढवा प्रखण्ड रामगढवा डाकभर आमोदेई ग्राम पञ्चायत रघुनाथपुर घर भएका पाँच जनाले, हाल हेटौंडा उपमहानगरपालिका –४ बस्ने इव्राहिम अंसारीका छोरा बनेर नेपाली नागरिकता प्राप्त गरेको भन्दैै अन्सारीले आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका हुन्।




मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले नाम र ठेगाना ढाँटेर नेपाली नागरिकता लिनेहरुको विषयमा उजुरी परेको बताउँदै छानविन गर्ने तयारी भइरहेको बताए।

उजुरीमा महमद जावेद अंसारी, सकिल अंसारी, एजाज अंसारी, प्रवेज अंसारीलाई प्रतिवादी बनाईएको छ। उनीहरुको नागरिकता खारेज गरी आवश्यक कारबाहीको माग समेत गरिएको छ।




सम्बन्धित
Loading...