पार्टीकाे नाम जुधेपछि कानुनी समस्या


काठमाडौँ — संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले एकीकरणपछि रोजेको ‘समाजवादी पार्टी, नेपाल’ नाम पाउन कानुनी समस्या देखिएको छ । यो नामको राजनीतिक दल पहिले नै निर्वाचन आयोगमा दर्ता छ । एउटै नाममा एकभन्दा बढी दल दर्ता नहुने कानुनी व्यवस्था छ ।




आयोगमा विष्णुराज अर्याल अध्यक्ष रहेको ‘समाजवादी पार्टी नेपाल’ दर्ता छ । गत निर्वाचनमा उक्त पार्टीले उम्मेदवारी नदिए पनि कानुनी हैसियतमा भने सम्पूर्ण प्रक्रिया पूरा गरेको दलका रूपमा आयोगमा सूचीकृत छ । उक्त दलका लागि चुनाव चिह्न ‘सुकुन्दा’ तय गरिएको थियो ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले दुई दल एकीकरण भएको औपचारिक जानकारी आयोगमा आइनसकेको बताए ।







सम्बन्धित
Loading...