बरफमा अखाद्य वस्तु मिसाउने कावासोतीको बरफ उद्योग बन्द


कावासोती । आईसक्रिम तथा बरफमा अखाद्य वस्तु मिसावट गरेर बालबालिका तथा मानव जीवनमा खेलवाड गर्ने कावासोतीको एउटा वरफ उद्योगलाई बन्द गराएको छ ।
पूर्वी नवलपरासीको कावासोती ८ धौलागिरी चोकमा रहेको न्यू बरफ उद्योग दर्ता समेत नगरी चलाएको र आइसक्रिम तथा वरफमा अखाद्य वस्तु मिसावट गरेको पाइए पछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीबाट आएको टोलीले उद्योग बन्द गराएको हो ।
आईसक्रिममा जि.एम.एस पाउडर, जि. सि. ई. गोला र विभिन्न कलर अथवा फ्लेभर प्रयोग गरिएको भेटाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक शिखर आचार्यले बताए ।
उपभोक्ताहरुले आईसक्रिममा अखाद्य वस्तु प्रयोग गरेकोे बताउदै जिल्ला प्रशासन कार्यालय नवलपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा विहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीबाट आएको टोलीले उद्योगको अनुगमन गरेको थियो ।
आईसक्रिमको नमुना थप परीक्षणका लागी पठाईएको छ । यसको रिपोर्ट १० दिन सम्म आईपुग्ने बताईएको छ ।







सम्बन्धित
Loading...