राजपाद्वारा तीनवटै विधेयक फिर्ता लिन माग


विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले मिडिया काउन्सिल लगायत संविधान विपरीत आएका तीन वटा विधेयक फिर्ता लिन माग गरेको छ । पार्टी संयोजक शरदसिंह भण्डारीको अध्यक्षतामा शुक्रवार बसेको अध्यक्ष मण्डलको बैठकले मिडिया काउन्सिल विधेयकका अतिरिक्त  राष्ट्रिय मानवअधिकार आयोग ऐन र सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन आग्रह गरेको हो ।




फिर्ता नलिए संसद्मा भयावह परिस्थितिको निर्माण हुन सक्ने र त्यसको जिम्मेवार स्वयं सरकार हुने चेतावनी समेत राजपाले दिएको छ। – कान्तिपुरबाट




सम्बन्धित
Loading...