कीर्ते आरोपी राजपाका केन्द्रीय सदस्य जेल चलान





सप्तरी । कीर्ते उपभोक्ता समिति गठन गरेको आरोप लागेका राष्ट्रिय जनता पार्टी (राजपा) का दुई केन्द्रीय सदस्यलाई जेल चलान गरिएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले कीर्ते गरी उपभोक्ता समिति गठन गरी प्रदेश सरकारबाट २५ लाख रुपैयाँ झिक्ने राजपा केन्द्रीय सदस्य बीपी यादव र हरि मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।


प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ का सडकमा माटो भर्ने तथा ग्राभेल गर्न उनीहरुले कीर्ते उपभोक्ता समिति बनाएर २५ लाख रुपैयाँ निकालेका थिए ।

कीर्ते आरोपमा प्रहरीले गत वैशाख ५ गते यादव र मण्डललाई पक्राउ गरेको थियो । यादव संविधानसभाको सदस्य हुँदा पनि रातो पासपोर्ट दुरुपयोग काण्डमा मुछिएका थिए ।

अर्का केन्द्रीय सदस्य मण्डल स्थानीय शान्ति समिति, सप्तरीका पूर्व संयोजक हुन् ।




सम्बन्धित
Loading...