देवचुलीमा वडा अध्यक्ष र वडा सचिवहरुको दुई दिने तालिम


रजहर । देवचुली नगरपालिकाको आयोजनामा वडा अध्यक्ष र वडा सचिवहरुको काम कर्तव्य अधिकार सम्बन्धी दुई दिने तालिम भएको छ ।
वडा अध्यक्ष र वडा सचिवहरुको काम कारबाहिमा अनुभव कमी भएको भन्दै कार्यक्रमको आयोजना गरिएको बताईएको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुषालको अध्यक्षतामा गरिएको कार्यक्रममा नगर प्रमुख पुर्ण कुमार श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रममा बोल्दै श्रेष्ठले तालिममा सिकेका कुराहरु व्यवहारमा उतारे नगरपालिका प्रतिका गुनासाहरु कम हुने विश्वास व्यक्त गरेका थिए ।
नगरवासीलाई छिटो छरितो मितव्ययी तरिकाले सेवा दिने र नगरपालिका प्रतिका गुनासाहरुलाई कम गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुषालले बताए ।







सम्बन्धित
Loading...