कावासोती १ मा विपन्न सुनौला हजार दिनका आमालाई सम्मान

कावासोती । वहुक्षेत्रीय पोषण योजना अन्तर्गतको कावासोती वडा नं १ मा विपन्न सुनौला हजार दिनका आमा सम्मान गरिएको छ ।
सुनौला हजार दिनका सुत्केरी आमाहरुलाई पोसिलो खाना खानु पर्छ भन्ने ज्ञान संगै विपन्न परिवारका आमाहरुलाई सहज होस् भन्दै पोसिलो खाद्य वस्तु सहित सम्मान गरिएको हो ।
वडा नं १ का वडा अध्यक्ष नारायण पन्तको अध्यक्षतामा सो कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमका लागी नगरपालीकाका ९ वडाका लागी एक लाख ७० हजार रकम छुट्टाउदै १५० आमाहरुलाई आदि किलो घिउ, एक सेट कपडा र हरलिक्स सहित सम्मान गरिएको वडा अध्यक्ष नारायण पन्तले बताए ।

106 Shares

Related Articles