पुरानाे ट्रान्सफर्मर जाेडेपछि झन समस्या, नवलपुरमा विद्युत अापूर्ति अनियमित


कावासाेती । चट्याङ्गका कारण देवचुलीकाे प्रगतिनगरमा भएकाे ट्रान्सफर्मर विग्रिए पछि नवलपुरमा भएकाे अनियमित विद्युत अापूर्ति अझै नियमित हुन सकेकाे छैन ।
दुई दिन अघि प्रगतिनगरमा ३० केभीकाे ट्रान्सफरमर जाेडेपनि विद्युत अापूर्ति नियमित हुन नसकेकाे हाे ।
चैत्र महिनामा चट्याङ्गले ट्रान्सफरमरमा क्षति भएपछि १५ दिन नवलपुर अन्धकार भएकाे थियाे ।
त्यसपछि कम क्षमताकाे पुरानाे ट्रान्सफरमर जाेडेर १ महिना काम चलाउ गराएकाेमा दुई दिन अघि पूर्ण क्षमताकाे अर्थात ३० केभीकै ट्रान्सफरमर जाेडेकाे भएपनि त्यसले काम नगर्दा समस्या भएकाे हाे ।
नेपाल विद्युत प्राधिकरण कावासाेती वितरण केन्द्रका अनुसार अहिले जाेडिएकाे ट्रानसफरमर अन्त चालू अवस्थामा रहेकाे पुरानाे ट्रान्सफसमर जाेडिएकाे हाे ।
कावासाेती वितरण केन्द्रका प्रमुख राजिवकुमार शर्माका अनुसार अहिले जाेडेकाे ट्रान्सफरमरले लाेड धान्न नसकेर समस्या देखिएकाे र प्राविधिक एवम् ईन्जिनियरहरूकाे टाेलीले मर्मत गरिरहेकाे छ ।







सम्बन्धित
Loading...