लागुऔषध सहित नवलपरासीमा दुई जना पक्राउ


परासी । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कास्कीको पोखरा उपमहानगरपालिका १९ प्रगतिनगर बस्ने ३२ बर्षका विमल गुरुङलाई रामग्राम नगरपालिका १२ को हुलाकी सडक खण्डबाट र नवलपरासीको रामग्राम ७ उजेनीका २६ बर्षीय रोशन आचार्यलाई पाल्हिनन्दन गाउँपालिका ५ भगतपुरवाबाट नियन्त्रणमा लिएको हो ।
गरुङको साथबाट नुफिन ५३ एस्पुल, फेनारगन ५३ एमपुल, डाईजापाम ५३ एमपुल र थान १ सिरिङ्ग लागुऔषध फेला पारेको र रोशन आचार्यको साथबाट नाइलइयाट १० नामक ट्याभलेट ३०० पिस लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दाा दर्ता गरी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







सम्बन्धित
Loading...