चर्को घाम र गर्मीमा राष्ट्रपतिकप, खेलखेलाउन मौसम प्रतिकुल नभएको भन्दै विद्यालयहरुको विरोध


नवलपरासी । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आन्तरिक विवाद र कलहका कारण ढिलो हुँदा त्यसको असर विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी खेलाइने राष्ट्रपति कपलाई परेको छ ।
देशभर अहिले अधिकांश जिल्लामा राष्ट्रपति कप खेलाइने तयारी गरिएको छ ।
प्राय जाडो मौसम सकिएर गर्मी मौसम शुरु हुने बेला खेलाइने राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता नवलपरासी सहित देशभर जेठको प्रचण्ड गर्मीमा गर्न तयारी गरिएको छ ।
विद्यार्थीहरुको वाह्य क्षमता विकास तथा खेलकुद क्षेत्रमा खेलाडी उत्पादनका लागि मुख्य आधार मानिएको यस प्रतियोगिता प्रचण्ड गर्मीमा खेलाइदा विद्यार्थीहरुलाई असर पर्ने भन्दै कतिपयले विरोध समेत गरेका छन् ।
साउनमा बजेट आउँदै यसका लागि बजेट छुट्याएर रकम साउनमै आउने भएपनि प्रतियोगिता खेलाउन ढिलो गरेर विद्यार्थी र खेल क्षेत्रकै भविश्यमाथि खेलवाड गरिएको कतिपयको ठम्याइ रहेको छ ।
स्रोतका अनुसार आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्यौलका बीच ढिलो शुरु भएका कारण त्यसको असर ११ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा परेको हो ।
प्रतियोगिता नगर्दा नकरात्मक सन्देश जाने भएका कारण जिल्ला जिल्लामा रहेको जिल्ला खेलकुद विकास समितिले देशभर यस बर्षको ११ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता झारो टार्ने तरिकाले गर्दै छ । कतिपय जिल्लाहरुमा यस अघि खेलाइएका खेलहरुमा समेटिएका इभेन्ट अर्थात खेलहरु घटाउँदै छ भने कतिपय निक्कै कम खेलाडी (विद्यार्थी) सहभागी गराएर छिटो सक्ने तयारी गरेको छ ।




११ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा नवलपुरमा भोलिदेखि, फाइनल खेल जनक मावि गैडाकोटमा हुने

नवलपुर । अन्य जिल्लामा जस्तै नवलपुरमा पनि ११ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा विहीबारदेखि हुने भएको छ ।
प्रतियोगिता भोलिदेखि हुने भए पनि कतिपय स्थानीय तहमा भने अझै कुन स्थानमा र कुन विद्यालयको जिम्मामा खेलाइने टुंगो लागेको छैन ।
नवलपुरमा जेठ ९ गतेदेखि १४ गतेसम्म हुने ११ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको फाइनल खेलहरु भने जनक मावि गैडाकोटमा हुने छ ।
नवलपरासीमा पनि चर्को घाममा विद्यार्थीहरुलाई खेलमा सहभागी गराउँदा समस्या हुने भन्दै सम्बन्धि वैठकमा विद्यालयका प्रधानाध्यापकहरुले चर्को विरोध गरेको स्रोतले जनाएको छ ।




गत बर्ष नवलपुरमा फाल्गुन महिनामा प्रतियोगिता भएको थियो ।

छनौट खेल ओझेलमा

राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता विद्यार्थीहरुको क्षमता विकास र खेलाडी उत्पादनका लागि गरिने भए पनि प्रतियोगिता त्यस किसिमको हुन नसकेको कतिपयको ठम्याई रहेको छ ।
प्रतियोगिता नवलपुरमा छनौट खेल भोलिबाट हुने मिति तय गरिएको छ । छनौट खेलका लागि संघीय सरकारले प्रत्येक स्थानीय तहमा १ लाख रुपैयाँ पठाएको छ । बाँकी अपुग रकम भने विद्यालयहरु आफैले बेहोर गरेर खेलाउने गरेका छन् । कावासोती नगरपालिकामा नगरपालिकाबाट केन्द्रबाट आएको रकम बाहेक अन्य सहयोग नपाउने अवस्था आएपछि कावासोतीका २७ वटा विद्यालयहरुले २ देखि ३ हजार रुपैयाँका दरले उठाउने भएका छन् ।
कावासोतीको छनौट खेल जीवन ज्योति खेल मैदानमा सहित स्मृति माविको समन्वयमा हुने भएको छ ।




सम्बन्धित
Loading...