नवलपुरमा दोस्रो उपराष्ट्रपति कपः बालबालिकालाई विहान सात बजे बोलाएर १२ बजे खेल शुरु

कावासोती । नवलपुरमा बुधबारबाट दोस्रो उपराष्ट्रपति कप (चिल्ड्रेन्स गेम) शुरु भएको छ ।
प्रतियोगिता एकै दिनमा सक्ने गरि आयोजकले तयारी गरेको छ । प्रतियोगितामा कराँते, एथलेक्टिसतर्फका विभिन्न विधाहरु समेटिएको छ ।
आयोजक जिल्ला खेलकुद विकास समितिको लापरवाही र मंगलबार साँझ आएको हावाहुरीका कारण खेल बेलैमा शुरु हुन सकेको थिएन ।
१४ बर्ष मुनी र कक्षा ८ देखि मुनीका बालबालिकाहरुलाई समेटेर खेलाडी खोज्ने र बालबालिकाको प्रतिभा पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको हो ।
नवलपुरको जिल्ला स्तरीय प्रतियोगिता कावासोती ३ मा रहेको जीवन ज्योति माविको खेल मैदानमा भईरहेको छ । प्रतियोगिताका लागि बालबालिकालाई विहान ७ बजे नै प्राङ्गणमा बोलाइए पनि प्रतियोगिताका केही इभेन्टहरु दिउँसो प्रचण्ड घाममा साढे १२ बजेतिर मात्र शुरु भएको छ ।
आयोजक जिल्ला खेलकुद विकास समितिकै अध्यक्ष विकास केसी कार्यक्रममा ढिलो आएपनि प्रतियोगिता ढिलो हुन पुगेको थियो । आयोजकले भने हिजो साँझ आएको हावाहुरीका कारण मैदान बेलैमा तयार पार्न नसक्दा प्रतियोगिता विहानै शुरु गर्न नसकेको जनाएका थिए ।
विद्यार्थीहरु विहानै आएर अबेरसम्म भोकभोकै बस्न परेपछि विद्यार्थीहरु लिएर आएका सम्बन्धित विद्यालयको शिक्षकहरु रुष्ट बनेका थिए । कतिपय दिउँसो चर्को घाममा बालबालिकालाई खेलाउँदा अर्को दुर्घटना हुन सक्ने भन्दै दिउँसो चर्को घाममा खेलाउन नहुनेमा जोड दिएका थिए ।

सहभागिता ज्यादै न्यून

३ सय बढी विद्यालय रहेको नवलपुरमा उक्त प्रतियोगिताका लागि कावासोती, दुम्किबास, गैडाकोट लगायतका गरी जम्मा १६ वटा विद्यालयको सहभागिता रहेको छ ।
आयोजकले निक्कै ढिलो गरी अर्थात हिजो मात्र विद्यालयहरुलाई खेलाडि सहभागीका लागि जानकारी गराएका कारण विद्यार्थीहरुको सहभागिता ज्यादै न्यून भएको हो ।

244 Shares

Related Articles