प्रेममा छु कि मृत्युमा ?
आयौ
मिसियौ
शक्ति संचरित गर्यौ
(लाग्थ्यो:शक्ति सत्य हो)
जीवन भित्र ज्योती
प्रवाहित गर्यौ
यसै “प”को प्रेमी थिएँ
प्युपा देखायौ
पुतली देखायौ
पराग देखायौ
पराग सेचनको कथा सुनायौ
पानीको उमंग
पैयुँका फूल …
पूर्ण जून
टुट्दै गरेका तारा
सधैं पल्लवित रहर थिए
सधैं पुष्प तुल्य- हाँसो हुन्थे
मैले बिर्सिसकेको मृत्यु !
म मर्नु अघावै,
मलाई वोध गरायौ
म अलमलमा छु
प्रेममा छु कि,
मृत्युभित्र ?
फेरि अलमलमा छु