कावसोती नगरपालिका १५ प्लास्टीक मुक्त वडा बन्ने

चन्दा गुरुङ

नवलपुर । नवलपुरको कावासोती नगरपािलका १५ लाई प्लास्टीक मुक्त वडा बनाउने उदेश्यका साथ बुधबार देखि फोहोर ब्यवस्थापन तथा प्लास्टीक जन्य झोला मुक्त अभियान सुरु गरिएको छ ।

बुधबार कावासोती १५ मा रहेको पर्यटकीय होमस्टे अमलटारी होमस्टे लगायत वडालाई नै प्लास्टीक जन्य झोला तथा फोहोरमैला ब्यवस्थापन गर्न लक्ष्यका साथ कावासोती वडा नम्वर १५ ले अभियान नै सञ्चालन गरेको हो । वडालाई प्लास्टीक मुक्त बनाउने योजनाका साथ कावसाोती वडा नम्वर १५ ले वडाकै करिव १ लाख ८५ हजार रकम विनियोजन गरि अभियान अगाडि बढाएको वडा ध्यक्ष देवनारायण महत्तोले बताउनुभयो ।

अहिले पर्यटकीय स्थल अमलटाडी र मुसहर बस्ती लाई समेटेर अभियानलाई तिव्रता दिईने र त्यसपश्चात आर्थिक वर्ष २०७७,७८ भित्र सम्पुर्ण वडा १५ लाई नै प्लास्टीक मुक्त वडा घोषण गर्ने अध्यक्ष महत्तोको भनाई छ । फोहोर ब्यवस्थापन तथा प्लास्टीक झोला मुक्त अभियान बुधबार कावसोती १५ अमलटाडीमा एक औपचारिक उद्धघाटन गरि सुरु गरेको हो । फोहोर ब्यवस्थापन तथा प्लास्टीक मुक्त उपभोक्ता मुल समिति कावासोती १५ का सभापति नर बहादुर महत्तकोको अध्यक्षतामा आयोजित कार्यक्रममा कावासोती नगर उपप्रमुख प्रेम शंकर मर्दानियाको प्रमुख आतिथ्यता रहेको थियो ।

यसैगरी कावासोती १५का वडाध्यक्ष देवनारायण महत्तो ,कावासोती नगरपालिका इन्जिनियर एवम् फोहोर ब्यवस्थापन संयोजक पवन रुपाखेती लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि मर्दानियाले कावासोती १५ ले ल्याएको यो अभियान अन्य वडाहरुमा पनि क्रमिक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अमलटाडी होमस्टे र त्यसआसपासका मुसहर बस्तीका स्थानियहरु गरि २ सय १३ जनालाई कागज तथा कपडाको झोला वितरण गरिएको थियो ।

100 Shares

Related Articles