सन्जय भट्टराईका दस मुक्तक





-१-
लेख्नेले पनि उपाय अचुक लेखिदियो



सम्झौता लेखिदियो तमसुक लेखिदियो
जसलाई मुटु दिए उ प्रेमको व्यापारी रहेछ
गल्ति भए लिनेदिने भुलचुक लेखिदियो
-२-
न नुन चामल न त सिटामोल दिन्छ
न सडक न त विधुत तारपोल दिन्छ
समृद्धि को सपना देखाएर सरकारले
मात्रै निरासाहरुको माहोल दिन्छ
-३-
यो कुराको सबैलाई ज्ञान हुनुपर्छ
दिल दुखेको पनि निदान हुनुपर्छ
घायल प्रेमिहरु को यस्तो माग छ
प्रेमको पनि अब विधान हुनुपर्छ
-४-
अचम्म पिडा पखाल्ने आँखाको तरिका पनि
बोल्दैन मात्रै बग्छन आँशुका ढिका पनि ॥
मेरो जिन्दगीमा यसरी प्रभाव जमाएर,
हो भुमिगउत भएकी छिन प्रेमिका पनि
-५-
हत्केलाले सुर्य छेक्ने दुस्साहस गर्दै नगर्नु
मलाई कम्जोर देख्ने  दुस्साहस गर्दै नगर्नु ॥
तपाई भासिनु होला मासिनु होला महाशय,
मेरो छातीमा टेक्ने दुस्साहस गर्दै नगर्नु

-६-
सुस्म छ सानो छ तर सारा संसार अटाएको छ
विश्वास भरोसा अनि बाच्ने आधार अटाएको छ
यसरी नै यी आँखाको प्रसंसा मा बोलिदियौ
माया अटाएको छ देशको आकार अटाएको
-७-
रमाउने छ तिम्रो प्यारा तिमी मुस्कुराए
बग्न नदिई अश्रु धारा तिमी मुस्कुराए
छुट्टिएरै तिम्रो आँचल भरिन्छ भने
भई दिने छु दुरको तारा तिमी मुस्कुराए
-८-
न रिमोट भईदियो कसैको न यन्त्र भईदियो
काबु राख्न सक्ने न त कुनै मन्त्र भईदियो
आकाश छानो सडक घर ठाने जब देखि
बन्धन सारा टुटयो अनि मन स्वतन्त्र भईदियो
-९-
नेपाल बन्द चक्काजाम गर्न मिल्ने भए
नारा लगाई सडकमा झर्न मिल्ने भए
तिम्रै नाउँ को लाठी गोली खान तयार छु
सहिद बनी पिरतिमा मर्न मिल्ने भए
-१०-
सुचना लुकाउछ , जनताको मुखमा ताला लगाउछ
नमाने थर्काउन भाई भतिजा अनि साला लगाउछ
के भनौ  मेरो देशमा लोकतन्त्र बहुत गजबको छ
सत्याग्रहीलाई लौरो विखन्डनकारीलाई माला लगाउछ



सम्बन्धित
Loading...