युवतीलाई आफुप्रती आकर्षण गर्न चाहनुहुन्छ ? यस्तो गर्नुहोस केटीहरु मरिहत्ते गर्नेछन


विज्ञानले भन्छ, जति सुन्दर भयो जिन्दगी उति नै राम्रो हुन्छ । स्वस्थ तथा ससक्त मानिसलाई अरुले पनि स्मार्ट तथा विश्वासिलो ठान्छन् ।
तर विपरितलिंगीको आकर्षणको केन्द्र बन्नका लागि वंशाणुगत सुन्दरताको चिट्ठा पर्नैपर्छ भन्ने छैन । वैज्ञानिकहरुले यौन तथा आकर्षणका विषयमा एउटा रोचक अनुसन्धान गरेका छन् । त्यसक्रममा महिला तथा पुरुषहरुका लागि बिपरित लिंगीप्रति आकर्षक बन्ने टिप्सहरु पत्ता लगाएका छन् । विपरित लिंगीलाई आकषिर्त गर्ने झण्डै एक दर्जन टिप्स यस्ता छन्-




दाँत सेतो सफा राख्नुस्- अध्ययनले के देखाएको छ भने सफा सेता तथा मिलेका दन्तलहरले मानिसलाई बढि आकर्षक देखाउँछ । बेलायतके लिड्स तथा सेन्टर ल्यांकेशायर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मयुरलाई उसको रंगीन प्वाँखले सुन्दर देखाए झैँ मानिसलाई दाँतले सुन्दर देखाउँछ । सुन्दर र स्वस्थ दाँत मानिसको समग्र स्वास्थ्य तथा असल वंशाणुको सूचक भएको शोधकर्ताहरुको दाबी छ ।

चम्किलो छालाका लागि फलफूल तथा सागपातको पर्याप्त सेवन गर्नुस्- अध्ययन अनुसार फलफूल् तथा सागपातको प्रसस्त सेवनले मानिसको छालालाई स्वस्थ तथा आकर्षक बनाउन सहयोग गर्छ । फलफूल तथा सागपातमा एन्टीअक्सिडेन्टका साथै छालालाई स्वस्थ र चम्किलो राख्न सहयोग पूराउन वनस्पतीजन्य पिगमेन्टहरु समेत पाइन्छ ।




मुस्कुराउनुहोस्– खुसी तथा मुस्कान खासगरी महिलाहरुको हकमा आकर्षणको सबैभन्दा ठूलो केन्द्र नै हो । तर पुरुषको हकमा भने मुस्कानले खासै आकर्षणको अर्थ राख्दैन । अर्थात् मन्द मुस्कान भएका महिलाहरु जसरी पुरुषको पहिलो रोजाइमा पर्छन् त्यसैगरी मुस्कान छर्ने पुरुषहरु महिलाको रोजाइमा पर्ने सम्भावना भने हुँदैन । एक अध्ययनले खासगरी युवा तथा किशोरहरु मुस्कुराएको भन्दा हल्का लजाएको कुरा युवतीहरुले मन पराउँछन् ।

गम्भीर मुद्रा र भद्र स्वभाव– मुस्कुराइरहने पुरुष भन्दा अलि भद्र तथा गम्भीर स्वभावका पुरुषहरु महिलाको रोजाइमा पर्छन् । युनिभर्सिटी अफ बि्रटिस कोलम्बियाका शोधकर्ताहरुका अनुसार खुसी तथा मुस्कान पुरुषहरुको सबैभन्दा कम आकर्षक गुण हो ।
क्षणिक सम्बन्ध चाहनुभएको हो ? त्यसोभए हल्का भइदिनुस्- यो भन्दा अप्ठेरो लाग्छ । तर यदि कुनै महिला छोटो समय वा एक रातको सम्बन्ध चाहन्छन् भने उनीहरु हल्का तथा एक प्रकारले मूर्ख बनिदिनुपर्छ, तबमात्र उनीहरुलाई पुरुषहरुले झ्वाट्टै आँखा लगाइहाल्छन् । अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताका अनुसार पुरुषहरु एक रातको क्षणिक सम्बन्धका अपरिपक्व, लापरवाह, हुस्सु तथा मदहोस महिला रोज्दछन् । तत्कालै प्रतिक्रिया दिइहाल्ने, बाचाल तथा प्रष्ट महिलाहरु क्षणिक सम्बन्धका लागि पुरुषहरुको रोजाइमा पर्दैनन् । तर दीर्घकालीन सम्बन्धका लागि भने प्रष्ट, बुद्धिमान तथा बाचाल महिलाहरु पुरुषको आकर्षणमा पर्दछन् ।

दाह्री खौरिनुहोस्– महिलाका लागि आकर्षक बन्न चाहनुहुन्छ ? यदि त्यसो हो भने दाह्री खौरिनुहोस् । अक्सफोर्ड जर्नलमा छापिएको शोध अनुसार महिलाहरु झुस्स दाह्री भएको अनुहारवाला पुरुषलाई कम आकर्षक ठान्छन् । दाह्रीवाल मानिस बढि रिसाहा हुने, सामाजिक अवस्था उच्चस्तरको भएपनि आकर्षक भने नदेखिने ठम्याइ महिलाहरुको हुन्छ ।

रातो लिपस्टिक लगाउनुहोस्– अध्ययन अनुसार महिलाको सरीरको सबैभन्दा आकर्षक अंग उनको ओठ नै हो र ओठमा रातो रंगको लाली लगाएका महिलाहरु पुरुषलाई कामोत्तेजक लाग्छन् । अध्ययन अनुसार रातो लिपस्टिक लगाएकी महिलाको ओठमा एकजना पुरुषले एक पटकको हेराइमा पूरै ७ सेकेण्ड हेर्छ, जबकी आँखामा ०.९५ सेकेण्ड तथा कपालमा ०.८५ सेकेण्ड मात्रै आँखा डुलाउँछ ।
सरप्राइज दिनुहोस्- एक अध्ययन अनुसार आफुलाई कुनै पुरुषले कति धेरै मन पराउँछ वा आफुप्रति कति धेरै आशक्त छ भन्ने कुराको थाहा नहुन्जेल कुनै पनि महिलाले उक्त पुरुषलाई बढि आकर्षक ठान्छिन्, जति त्यस्तो कुरा थाहा पाएपछि ठान्नेछिन् । आफुलाई उक्त पुरुषले मन पराउने कुरामा समेत एकिन नहुँदैबाट महिलाले कुनै पुरुषको बारेमा सोँच्न थालिसकेकी हुन्छिन् । त्यसैले सुरुवातमै केही सरप्राइज मार्फत आफुले मन पराउने महिलाको भावनालाई सम्बोधन गर्न सक्ने पुरुष महिलाको आकर्षणमा पर्दछन् ।

टी लेखेको टिसर्ट लगाउनुहोस्– वास्तवमा यो कुनै मनगढन्ते कुरा होइन । बेलायतको नटिंघम ट्रेन्ट विश्वविद्यालयका शोधकर्ताहरुले अगाडि पट्टि ठूलो आकारको टी अक्षर पि्रन्ट भएको टिसर्ट लगाउने पुरुषहरु महिलाका लागि बढि आकर्षक बन्दछन् । यस्तो टिसर्टले महिलामा केही भ्रम सिर्जना गर्छ, जस्तै छाति चौडा देखाउँछ, कम्मर सानो देखाउँछ तथा भी सेपको सेक्सी फिगर देखाइदिन्छ । यस्तो विशेषतायुक्त पुरुष महिलाको रोजाइमा पर्छन् । उल्टो टी लेखेको टिसर्ट लगाएका पुरुषहरु त्यसको विपरित भने महिलाको आकर्षणमा नपर्ने अध्ययनले देखाएको छ ।

अलि तिखो बोली बोल्नुस्– यो कुरा महिलाको हकमा लागु हुन्छ । आफुले मन पराएको युवकलाई आफुतर्फ आकषिर्त गर्नका लागि महिलाहरुले आफ्नो आवाजको तिखोपना केही बढाउनुपर्ने हुन्छ । बढि तिखो बोली हुने महिलाको जिउ कम भद्दा हुने विश्वास पुरुषहरुमा हुने भएकाले महिलाहरुको आकर्षणमा वृद्धि हुने युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले बताएका छन् ।
गहिरो स्वास लिनुहोस् र रिल्याक्स गर्नुहोस्- कम तनाव लिने पुरुषहरुलाई महिलाले बढि मन पराउने एक अध्ययनले देखाएको छ । तनाव कम लिने र सधै रिल्याक्समा रहने पुरुषले तनावयुक्त वातावरणको व्यवस्थापन गर्न सक्ने र उसको वंशाणुगत सक्षमण भावी बच्चामा पनि स्थानान्तरण हुने विश्वास महिलाहरुमा हुन्छन् ।




सम्बन्धित
Loading...