बर्दघाटबाट हराएका बालक ७५ दिन पछि भारतमा भेटिए





बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट १२ सपहियाबाट हराएका बालक भेटिएका छन् । गत चैत्र १० गते आइतबार विहान विद्यालय जान भनि हिडेको बालक विद्यालय नपुगी बिच बाटै बाट बेपत्ता भएको बालक विहिबार ७५ दिनको दिनमा भारत विहारको हर्नाटारबाट सम्पर्कमा आएका हुन ।
बेपत्ता हुने बालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ सपहिया बस्ने छविलाल पाण्डे र मनरुपा पाण्डेको १५ बर्षिय छोरा प्रेम पाण्डे विजय रहेका थिए । बेपत्ता बालक भारत बिहारको भगंरिया नजिक हरनाटारमा एक होटेलमा काम गर्दै आइरहेका थिए । तर सो होटेलको सञ्चालकले बालकलाई परिवार संग सम्पर्क गर्न नदिदा उनि त्यो होटेल छोडी सोही ठाउको अर्को बुद्दया होटलमा रोजगारीका लागी पुगेका थिए । सो होटेलका संचालक समीर कुमारले सोधपुछ गर्दा आफु घरबाट कुनै साथी सङ बिहार पुगेको र आफुसंग घर परिवार संग सम्पर्क गर्नको लागि कुनै माध्यम नभेटिएपछी आफु यहाँसम्म आइपुगेको जानकारी गराएपछी होटल संचालक कुमारले नै आफ्नो नम्बर बाट उनको बुवा छवीलाल पाण्डेलाई सम्पर्क गराइ निजको छोरा बिजय पान्डे आफु कहाँ रहेको जानकारी गराएका थिए ।
तत्पश्चात उनका बुवा छवीलाल पाण्डे लगायत आफन्तजनहरुले विहिबारै सो ठाउमा पुगि शुक्रबार छोरा विजय पाण्डेलाई घर फकाउन सफल भएका छन । साथै उनका बुवा छवीलाल पाण्डेले छोरालाई खोजविनमा सहयोग गर्नुहुने विभिन्न सञ्चारमाध्यम, समािजक सञ्जालका ईष्टमित्र, पत्रपत्रिका लगाएत परिवारसंग सम्पर्क गराइदिनुहुने सो होटेका सञ्चालक सहित खोजीकार्यमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्याबाद ब्यक्त गर्नुभएको छ ।
यस अगावै बालकका परिवारले आफ्नो छोराको खाजी गरिदिनुहुन विभिन्न सञ्चारमाध्यम, प्रहरी प्रशासन, मानवअधिकारकर्मी समक्ष आग्रह समेत गरेका थिए तर कही कतै पनि बालक सम्पर्कमा आउन नसक्दामा परिवार चिन्तित भएको थियो । बालक हराएको तेस्रो दिन बर्दघाट १६ कुकुरमाराको रहरघारीमा सोही बालककै स्कुल ड्रेस फेला परेको तर बालकको भने कुनै जानकारी नपाएपछी परिवारजन झन त्रसित भएका थिए । बालक शकुसल घरमा आइसकेपछी परिवार, आफन्तजन र स्थानियबासी लगायत खाजेीकार्यमा सहयोग गर्नुहुने सम्पुर्णमा खुसी फर्किएको बुवा छवीलाल पाण्डेले बताउनुभएको छ ।




सम्बन्धित
Loading...