ईटहरीका मेयरले अन्ततः अाफ्नाे बाेली फिर्ता लिए

मोरङ, २६ जेठ । सुनसरीको ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले आफ्नो बोली फिर्ता लिएका छन ।
आइतबार विज्ञप्ती जारी गर्दै उनले बोली फिर्ता लिएका हुन । ईटहरीकै पत्रकार बिराट अनुपमलाई नाकको डाँडी भाच्न १ करोड छुट्याएको छु लगायतका धम्की दिएर विवादमा तानिएका मेयर चौधरीले विज्ञप्ति मार्फत बोली फिर्ता लिएका हुन ।फेसबुकको कमेन्टलाई लिएर आक्रोशपुर्ण फोन गरेपछि भएका संवादका कारण आवेगजन्य परिस्थितिका कारण मेरो भनाईबाट उहाँ र संचारजगतमा पर्न गएको चोटप्रती दुख ब्यक्त गर्दै प्रेस जगतलाई आघात पुग्न गएकोमा ब्यक्त बिचार फिर्ता गर्न चाहन्छु, बिग्यप्तीमा भनिएको छ ।
उनले उपमहानगर सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको समेत बताएका छन । उनले भ्रष्टाचार बिरूद्दको शुन्यशहनशिलताको अभियानमा संचारजगतको रचनात्मक भुमिकाको समेत अपेक्षा ब्यक्त गरेका छन । मेयर चौधरी यसअघि पनि पत्रकारलाई लोपारी दिन्छु भन्दै िववादमा आएका थिए । त्यसबेला पनि माफी मागेपनी केही दिन नपाउँदै अर्का पत्रकार बिराटलाई धम्की दिएर बिबादमा तानिएका हुन ।

89 Shares

Related Articles