व्यापारीसँग मासिक उठाउने बुटवलका प्रहरी जवान विरुद्ध मुद्दा दायर

कावासोती । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यापारीसँग मासिक असुल्ने सशस्त्र प्रहरी बल नेपाल नं. ४१ बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसीलाई कारवाहीको लागि मुद्दा दायर गरेको छ ।
केसीले सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रुपमा नबुझाए सामान जफन गरी थुनिदिने भन्दै घुस मागेको आरोपमा मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले बताए ।


उनलाई अख्तियारको टोलीले सेवाग्राहीसँग दश हजार घुस लिईरहेको अवस्थामा पक्राउ गरेको थियो । उनको कसुर प्रमाण सहित पुष्टि भएकोले १० हजार विगो कायम गरी भ्रष्टचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय क बमोजिम जरिवाना र कैद सजाय हुन माग दावी सहित मंगलबा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको कोइरालाले बताए ।

195 Shares

Related Articles