जिसन नवलपरासीको सुनवलमा नेतृत्व विकास तालिम

सुनवल । शैक्षिक ऐक्वद्धताको समुह जिसन नवलपरासीको आयोजनामा विद्यार्थीहरुलाई लक्षित गरि एक दिने नेतृत्व विकास तालिम मंगलबार सुनवलमा भएको छ ।
समुहका जिल्ला अध्यक्ष धनराज चापागाईको अध्यक्षता तथा प्याब्सनका केन्द्रिय सचिवालय सदस्य यम बहादुर थापाको प्रमुख आतिथ्यता एवं प्याब्सन नवलपरासीका जिल्ला अध्यक्ष एवं जिसन नवलपरासीका प्रमुख सल्लाहकार इन्द्र बहादुर गुरुंग र जिसन सल्लाहकार शंकर प्रसाद गौतमको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथकिो रुपमा बोल्दै थापाले निजि विद्यालयको कार्यतालिका अनुसार विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराउदै आइरहेको स्मरण गर्दै थापाले यस किसिमको कार्यक्रमहरु विद्यालयहरुमा समेत आयोजना गर्नुपर्ने कुरामाथि जोड दिनुभयो ।
कार्यक्रममा जिसन तथा प्याब्सनका विभिन्न पदाधिकारीहरु, विद्यार्थी शिक्षक, शिक्षिका सञ्चारकर्मी उपस्थित रहेको कार्यक्रममा जिसन नवलवपरासीमा आबद्ध नवलपरासीका ४८ वटा विद्यालय मध्य प्रत्येक विद्यालयका ५ जना विद्यार्थी गरि १८ वटा विद्यालयका ९० जना विद्यार्थहरुको उपस्थिती रहेको तालिमको सहजिकरण पोजेटिभ भाइब्रे्रेशन कामाण्डौका सस्थापक प्रितम पौडेलले गर्नुभएको थियो ।
कार्यक्रमकमा जिसन नवलपरासीका वरिष्ट उपाध्यक्ष सन्तोष रौनियारले कार्यक्रममा सहभागिहरुलाई धन्यबादज्ञापन गर्नुभएको थियो । कार्यक्रम तालिम समयोजक मोहन सिँह वाकवलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिसन नवलपरासीका जिल्ला सचिव दिपक पौडेलले गर्नुभएको थियो भने सोमबार २२ वटा विदयालयका १ सय १० जना विद्यार्थीहरुलाई समेटी बर्दघाटमा तालिम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

194 Shares

Related Articles