विद्यालयको शौचालय खस्दा खेलिरहेका चार बालबालिकाको मृत्यु


दार्चुलाको एक माध्यमिक विद्यालयको शौचालय भत्किँदा चार बालबालिकाको मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ सिप्टीस्थित गणेश विनायक माविको शौचालयको छाना भत्किँदा ती बालबालिकाको मृत्यु भएको हो ।




मृत्यु हुनेमा पाँच वर्षीया युनिका ठगुन्नम, १० वर्षीया, अनुष्का धामी, ९ वर्षका सुदीश धामी र ८ वर्षीया निरुता ठगुन्ना रहेका छन् ।

प्रहरी चौकी सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टका अनुसार, विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा छतले पुरिएर उनीहरुको मृत्यु भएको हो ।




अझै शव फसेको अनुमान गरिएको छ । प्रहरी र स्थानीयले उद्धार कार्य जारी राखेका छन् ।




सम्बन्धित
Loading...