कावासोतीका निरजलाई बचाउन सहयोग अभियान जारी

पूर्वी नवलपरासीकाे कावासोती २ का ११ वर्षीय बोनम्यारो पिडित निरज गौडेललाई आर्थिक सहयोग आउने क्रम जारी छ।
आज समता शिक्षा निकेतन कावासोतीमा एक कार्यक्रमको अयोजना गरि नवलपुर समाज दक्षिण कोरियाले सहयोग रकम हस्तान्तरण गरेको छ।कोरियामा रहेका नेपालीहरुले संकलन गरेको १लाख ४५ हजार ३ सय ९३ रुपैयाँको एन.आइ.सि.एसिया बैंकको चेक समाजका संस्थापक संयोजक यादब खनालले कावासोती २ का अध्यक्ष लक्ष्मी पौडेल मार्फत नेपाली बाजे समुहलाई हस्तान्तरण गर्नु भएको छ।
कोरियामा कार्यरत समाजका अध्यक्ष हेम पाठक, उपाध्यक्ष कृष्ण डुम्रे,हरि कंडेल, रिकमान थापाको नेतृत्वमा उक्त रकम संकलन गरिएको खनालले जानकारी गराउनुभयो।कार्यक्रममा समता शिक्षा निकेतनका विद्यार्थीले संकलन गरेको ३ हजार रुपैयाँ बिद्यालयका प्रधानाध्यापक महेश भुर्तेलले नेपाली बाजे समुहलाई हस्तान्तरण गर्नु भएको छ।आज नै पोर्चुगलबाट शुशिला घिमिरेको संयोजकत्वमा संकलन भएको ७५ हजार र नवलपुर समाज पोर्चुगलको १२हजार५०० गरि जम्मा ८७ हजार५०० रुपैयाँ  नेपाली बाजे समुहलाइ प्राप्त भएको समुहका दिवश सापकोटाले जानकारी गराउनु भयो।
अहिलेसम्म मालपोत टोल विकास संस्थाले ६ लाख ३२ हजार ६ सय २५, शिव शक्ति टोल विकास संस्थाले ९२ हजार,लुम्बिनी आवासीय मा.वि.ले ५६ हजार ८ सय ७५,नेपाली बाजे फेसबुक समुहले ७ लाख १० हजार ९ सय ५७ एवं  कतार,जापान, कोरिया, पोर्चुगल लगाएतका देशहरुबाट संकलन भएको कुल रकम१४ लाख ८९ हजार ६ सय पचास रुपियाँ निरजका बुबा श्रीकृष्ण गौडेलको नाममा रहेको एस. बि.आई. बैंकको खाता नं.०००१७७१५२४१४१५५६५ मा संकलक स्वयंले नै जम्मा गराइसकेको कार्यक्रममा जानकारी गराइएको थियो।
बिगत २ महिना देखि दिल्लीको गङ्गाराम अस्पतालमा उपचाररत गौडेललाई नेपाल लगाएत बिदेशमा रहेका नेपाली हरुले सहयोग गरिरहेका छन।गौडेललाई रगतमा WBC को कमि भै बोनम्यारोले काम गर्न छाडेपछी बोनम्यारो प्रत्यारोपणको लागि दिल्ली लगिएको थियो।केहिदिन अघि सम्म उनलाई उनकै ७ वर्षिय बहिनिको बोनम्यारो प्रत्यारोपण गर्ने भन्दै विभिन्न परिक्षण गरिएपनी डाक्टरले अहिले बहिनिको  बोनम्यारो सङ्ग एच.एल.ए. नमिलेको हुँदा प्रत्यारोपण गर्न नमिल्ने बताएपछी गौडेल परिवारमा अझै चिन्ता थपिएको छ।अब क्रोमोजिम मिलाएर औषधि मार्फत बोनम्यारो सकृय गराउनुपर्ने भएकाले उपचार अझ लम्बिन सक्ने परिवारले बताएका छन।
गौडेलको उपचारमा लगभग ४० देखि ५० लाख सम्म लाग्न सक्ने भएपछी उनका बुबा श्रीकृष्णले सबैसङ्ग सहयोगको अपिल गरेका थिए।करिव २ महिना देखि स्थानीय मालपोत टोल बिकास संस्था, नेपाली बाजे फेसबुक समूह र देश विदेशमा रहेका नेपालीहरुले निरज बचाउ अभियान नै संचालन गरेर सहयोग संकलन गरिरहेका छन।

107 Shares

Related Articles