प्रशासनलाई मिडिया मैत्री बनाउँछुः प्रमुख जिल्ला अधिकारी

नवलपर । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जिल्ला प्रशासन कार्यालय नवलपुरलाई मिडिया मैत्री बनाउने बताएका छन् ।
मंगलबार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्कीले पत्रकार महासंघको भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सहयोग गर्ने पनि बताए ।
पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले नवलपुर जिल्लामा किशोर तथा युवा युवतीहरु कुलतमा लागेको पाइएको बढी भेटिएकोले कुलतमा फसेका युवा युवती तथा किशोरीहरुलाई कुलतबाट बाहिर निकाल्नमा सबैले सहयोग गर्नु पर्नेमा जोड दिए ।
कार्की उदयपुरबाट यहाँ कायममुकाम प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आएका हुन् ।

142 Shares

Related Articles