कावासोती २ मा वडा स्तरीय बाल संजाल गठन


नारायण प्रभु
जेठ -३१ । कावासोती नगरपालिका वडा नं. २ मा शुक्रबार ध्रुव तारा बाल संजाल गठन भएको छ।आज भएको बालबालिकाको भेलाले संजालको अध्यक्षमा सदिक्षा लामिछाने,उपाध्यक्षमा अनिल सुनार,सचिबमा सविन रसाइली लगायत १५ सदस्यीय समिती चयन गरेको छ।




कावासोती २ का वडा प्रतिनिधि शिव प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा टोल बिकास संस्थाका बाल क्लबका प्रतिनिधि एवं विद्यालयका बाल क्लवका प्रतिनिधिहरुको उपस्थिति  रहेको थियो। नगरपालिकालाई आर्थिक बर्ष ०७७/०७८ मा बालमैत्री नगरपालिका घोषणा गर्ने उद्देश्यले अहिले नगरपालिकाका १७ वटै वडामा बाल संजाल गठन गर्ने प्रक्रिया भैरहेको छ।नगरपालिकालाई बालमैत्री बनाउन ४५ ओटा सुचक पूरा गर्नु पर्ने भएकाले हरेक वडामा बाल संजाल गठन गरि तिनीहरुलाई नै सकृय बनाउने कावासोती नगरपालिकाका बालमैत्री स्वयंसेविका देवी तिवारीले जानकारी गराउनु भयो।







सम्बन्धित
Loading...