क्षेत्री समाज नवलपुरको कोइलापानीमा शोक सभा





लोकनाथ पंगेनी
कावासोती, ३२ जेठ ।
क्षेत्री समाज नवलपुरका जिल्ला सदस्य भगवती टण्डन थापाकी आमा इन्द्रकुमारी टण्डन थापाको सातौं दिनको स्मृतिमा शनिबार कावासोती १ कोइलापानीमा शोक सभा भएको छ ।
क्षेत्री समाज नवलपुरको आयोजनामा भएको शोक सभामा दर्शन भट्टराईले इन्द्रकुमारीको जिवनी माथि प्रकाश पारेका थिए ।
शोकसभामा क्षेत्री समाज गण्डकी प्रदेशका सदस्य कविन्द्र जिसी, क्षेत्री समाज नेपाल लुम्बिनीका पूर्व उपाध्यक्ष वीरबहादुर कार्की लगायतले इन्द्रकुमारीको जिवनीमाथि चर्चा गरेका थिए ।
क्षेत्री समाज नवलपुरका अध्यक्ष कोषराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्षेत्री समाज कावासोती नगर कमिटिका अध्यक्ष तथा जिल्ला सदस्य पूर्णबहादुर केसीले गरेका थिए ।




सम्बन्धित
Loading...