पर्यटकीय क्षेत्र डडेल्धुराको भागेश्वर गाँउपालिका ओझेलमा


दिपकराज भट्ट
डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाँउपालिकामा प्रचारप्रसारको अभावमा आधादर्जन वढी ऐतिहासिक, धार्मिक, पुरातात्विक पर्यटकीय क्षेत्र ओझेलमा परेका छन ।
पर्यटक क्षेत्रको प्रचुर सम्भावना भएको भागेश्वर गाउँपालिका वडा नं १ महाकाली नदीको किनारमा अवस्थित धार्मिक तथा पुरातात्विक क्षेत्र पहिलेदेखि ८४ हजार ऋषिमुनीले तपस्या गरेको ठाँउ हो ।
यस क्षेत्रलाई चिनाउनका लागि प्रचार प्रसार गर्न आवश्यक रहेको स्थानीय बताउछन । यस क्षेत्रमा असोज महिनाको औँसीको दिन मेला लाग्ने गर्दछ । मेलामा भारतको चम्पावत र नेपालका छिमेकी जिल्लाहरुबाट समेत भक्तजन आउने गरेको भागेश्वर गाउँपालिका वडा नं १ का वडा सदस्य कर्णबहादुर ठकुराठीले बताए ।
देवलद्वार महादेव मन्दिर भागेश्वर देवताका आफ्ना भाई र देवताका पनि देवता हुन भन्ने किम्वदन्ती प्रचलनमा रहेको छ । महादेव मन्दिर क्षेत्रमा बहुमुल्य जडिबुटीसहितको घनाजंगल भएकोले ढलापढा रुखबाट अगरवत्ती उद्योग खोल्न सकेमा आर्थिक समृद्धी हुने भागेश्वर–१ का वडाध्यक्ष रुपसिँह ठकुराठीले बताए ।





प्राकृतिक सौन्दर्यमा अनुपम मानिने सायल झरना सम्भवत सुदुरपश्चिमकै सबैभन्दा ठुलो झरना हो । प्रकृतिको देन यो झरना कति मिटर लामो छ भन्ने पनि नापजाँच गर्न सकिएको छैन । रुपाल क्षेत्रमा प्रकृतिले दिएका अमुल्य देनहरुको उपयोग गर्न नसकिएको स्थानीय राम ठकुराठीको भनाई छ । त्यस्तै शिवधाम क्षेत्र पनि प्रचार प्रसारको अभावमा ओझेलमा छ ।
रुपाल क्षेत्रकै जोगिनी टाकुरामा तीन वर्षमा जोगेनी जात्रा लाग्ने गर्दछ । मेलामा दुईक्षेत्रका बासिन्दाको बाजागाजा बजाएर भोस्सो खेल्ने गर्दछन । यदि कुनै वर्ष यो मेला नभएमा स्थानीयलाई अशान्ति हुने गरेको बुढापाखाहरु बताउछन ।

यस्तै भागेश्वर मन्दिर ,सायल झरना, तुपत कुण्ड , बगरकोट ताल ,राडि क्षेत्र , बोगटाकोट भागेश्वर गाउपालिकाका प्रमुख पर्यटकिय स्थल हुन ।
बगरकोट तालमा बजेट आए पनि वाल लगाउनु बाहेक अरु काम भने हुन सकेको छैन । कुनै बेला भरिभराउ हुने बगरकोट तालमा कमलका फुल देख्न समेत मिलदैन । बजेटमा नया संरचना हुन्छन तर पुरातात्विक असतित्ब भने जर्गेना लागि भने कुनै पहल भएको देखिदैन । जसले गर्दा अवलोकन कर्तामा कमि र स्थानियमा निरासपना आएको छ ।
प्रचुर सम्भावना भएका रुपाल क्षेत्रका आधा दर्जन बढी धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको समग्र विकास गर्न आवश्यक रहेको स्थानीय अगुवाहरु बताउछन । यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको सर्वाङ्गिण विकासका लागि पहल गरिनु आबश्यक देखिएको छ ।







सम्बन्धित
Loading...