बर्दघाटको जिमिरेभारमा लागुऔषध विरुद्ध प्रशिक्षण


बर्दघाट (नवलपरासी) । बर्दघाट नगरपालिकाकाको जिमिरभारमा शनिबार लागुऔषध सम्बन्धी सचेतनामुलक प्रशिक्षण प्रदान गरिएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ७ को आयोजनामा युवा तथा बाल क्लब खेलकुद तथा जनचेतनामुलक कार्यक्रम अन्र्तगत त्रिनेत्र अध्यात्मिक चिन्तन केन्द्र जिमिरेभारको सभाहलमा लागुपदार्थ सेवन विरुद्ध एक दिवसिय प्रशिक्षण कार्यक्रम भएको हो ।
वडाध्यक्ष ध्रुब थारुको अध्यक्षता भएको कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख बुद्धि सागर पुरी लगायतले बोलेका थिए ।
हर प्रहर गाउ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ईलाका प्रहरी काार्यलय बर्दघाटको सहकार्यमा शान्तिपुर्ण एवं सुरक्षित समाजको लागी प्रहरी विद्यालयका बालबालिकाहरुमा लागुऔषध दुब्र्यसनी र यसको कानुनी प्रकृयामा बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा वडा नम्बर ७ का बालबालिका, अभिभावक, विद्यालय लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि, लगायतको उपस्थिती रहेको थियो । बाल क्लबका अध्यक्ष केशव चापागाईकोे स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन बर्दघाट वडा नम्बर ७ का वडा सचिव होमनाथ भण्डारीले गरेका थिए ।







सम्बन्धित
Loading...