वेष्ट इन्डिजमाथि न्युजिल्यान्ड जित


विश्वकप क्रिकेटमा न्युजिल्यान्डले वेष्ट इन्डिजलाई ५ रनले पराजित गरेको छ ।
शनिबार राति वल्ड ट्राफोल्र्डमा भएको खेलमा न्युजिल्यान्डले वेष्ट इन्डिजमाथि ५ रनको जित हात पारेको हो । जितको नजिक रहेको वेष्ट इन्डिजलाई जितका लागि दुई ओभर बाँकी छँदा ८ रन मात्र आवश्यक रहे पनि वेष्ट इन्डिजले अन्तयमा अप्रत्यासित रुपमा हारको सामना गर्नु परेको थियो ।
क्रिजमा थिए, कार्लोस ब्राथवोइट । उनी ९९ रनमा अविजित थिए । ४९औं ओभरको चौथो बलमा दुई रन लिँदै उनले शतक पूरा गरे । अब वेष्ट इन्डिजलाई जितको लागि ६ रन चाहियो । तर, ४८.६ ओभरमा जेम्स निसामले ब्राथवोइटलाई क्याच आउट गराए । योसँगै न्युजिल्यान्डले वेष्ट इन्डिजलाई पाँच रनले पराजित गर्न सफल भयो ।







सम्बन्धित
Loading...