नवलपुरका पत्रकार संगठनद्वारा दोस्रो चरणको आन्दोलनको घोषणा

नवलपरासी, ९ असार । नवलपुरमा कार्यरत पत्रकारहरुको विभिन्न पेशागत संगठनहरुले नेपाल पत्रकार महासंघ नवलपुर शाखा विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
असार २ गते नेपाल पत्रकार महासंघ नवलपुर शाखालाई विभिन्न मागहरु राखी ७ दिने अल्टिमेटम सहित संयुक्त रुपमा ज्ञापन पत्र बुझाइएकोमा आफ्नो मागप्रति नेपाल पत्रकार महासंघ नवलपुर शाखाले वेवास्ता गरेको र संगठनका प्रमुख एवम् प्रतिनिधिहरुलाई वार्ता, छलफल र संवादमा नबोलाई एकपक्षीय ढंगले अगाडि बढेको कारण हामी बाध्य भएर दोस्रो चरणको आन्दोलनमा होमिएका जनाइएको छ ।
प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, फोनिज नवलपुर, डब्लुडब्लुजे नवलपरासी, वातावरण पत्रकार मञ्चको संयुक्त वैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।

नवलपुरका पत्रकार दोस्रो चरणको आन्दोलनमा जाने

घोषित कार्यक्रम अनुसार असार ११ गते माग र आन्दोलनका विषयमा नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालय अगाडि कोण सभा गरेर जानकारी गराउने, असार १२ गतेः नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालय अगाडि विहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना दिने र असार १२ गतेसम्म पनि माग सुनुवाई नभए असार १३ गते नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने निर्णय भएको वैठकमा सहभागी प्रेस सेन्टर नवलपुरका अध्यक्ष अर्जुन अविरलले बताए ।

167 Shares

Related Articles