नवलपरासीको प्रतापपुरमा सरसफाई

7

 

सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीमा सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ । सरसफाई उपभोक्ता समिति गुठी परसौनीको आयोजना तथा वडा नं ६ को सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । रघुनन्दन प्रसाद गौडको अध्यक्षता तथा वडाध्यक्ष रामहरि उपाध्यायको प्रमुख अथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति उपाध्यायले मानव जिवनमा सरसफाई महत्वपुर्ण जरुरी रहेको हुदाँ आफ्नो घर,टोल, छिमेक,बजार लगायतहरुको ठाऊमा सबै मिलेर सफा गर्न र गराऊन जरुरी रहेको बताऊनु भयो। सरसफाई नै मानिसहरुको असल पहिचान साथै बिभिन्न रोगहरुबाट बच्न मद्दत पुग्न सहयोग रहेको हुदाँ यसलाई निरन्तरता दिन जरुरी रहेको बताए।

सरसफाई कार्यक्रम वडाकार्यालय देखी सुरु भई एन सेल टावर सम्म गरिएको साथै ठाँउ- ठाँउमा डस्बिन समेत राखिएको छ। कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष कादिर अन्सारी, शसस्त्र प्रहरी नायब निरिक्षक, पृथ्वी बहादुर शाही, बृजराज कुशवाहा,केशव प्रसाद अधिकारी, दिलिप गुप्ता, अवधेश यादव, लगायतहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा शसस्त्र प्रहरी,नेपाल प्रहरी, जनप्रतिनिधी, समाजसेवी,युवाहरु लगायत करिब २०० मानिसहरुको सहभागिता रहेको थियो।

You might also like
Loading...