विनयी त्रिवेणी गाउँपालिकाको बजेट साढे ५२ करोड


 




पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि साढे ५२ करोडको बजेट पास गरेको छ ।
मंगलबार भएको सभामा गाउँपालिकाका उपाध्यक्ष मिनाकुमारी रानाले नीति तथा कार्यक्रम र बजेट पेस गरेका थिए ।
विनयी त्रिवेणीका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बस्यालका अनुसार विनयी त्रिवेणी गाउँपालिकाको आगामी आर्थिक बर्षका लागि ५२ करोड ८४ लाख ४९ हजारको बजेट पास भएको छ ।
विनयी त्रिवेणीले आगामी आर्थिक बर्षमा खानेपानी, सडक, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रलाई प्रमुख प्रथामिकतामा राखेर बजेट विनियोजन गरेको छ ।


कार्यक्रम गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीको अध्यक्षतामा भएको थियो।




सम्बन्धित
Loading...