पत्रकारका पेशागत संगठनले पत्रकार महासंघलाई आन्दोलनको बारे जानकारी गरायो


 




शोभा जिसी
कावासोती । नवलपुरमा कार्यरत पत्रकारहरुको पेशागत संगठनहरुले नेपाल पत्रकार महासंघ नवलपुर शाखालाई आफ्नो दोस्रो चरणको आन्दोलनको बारेमा जानकारी गराएका छन् ।
बुधबार नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष श्रीराम सिग्देललाई कार्यक्रमको बारेमा जानकारी गराएका हुन् ।
नवलपुरमा रहेको प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, डब्लुडब्लुजे नवलपरासी, फोनिज नवलपुर र वातावरण पत्रकार मञ्च नेपाल पत्रकार महासंघ नवलपुरमा सदस्यता शुद्धिकरण, नयाँ सदस्यता वितरण, नयाँ सदस्यता शुल्क, आर्थिक पारदर्शिता जस्ता विषयलाई लिएर आन्दोलनमा होमिएका छन् ।
नेपाल पत्रकार महासंघ नवलपुरले भने पेशागत संगठनहरुले राखेको माग वैठक बसेर पुरा गरेको दावी गर्दै आएको छ भने आन्दोलित पेशागत संगठनहरुले आफूहरुसहितको सहभागितामा यि विषयहरु टुंग्याउनु पर्ने माग राखेको छ ।







सम्बन्धित
Loading...