मोरङमा चट्याङ लागेर दुई जना बालकको मृत्यु

 

मोरङको रंगेली नगरपालिकामा बुधबार दिउँसो चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको रंगेली नगरपालिका ९ का १४ का अभत ऋिषिदेव र वर्ष १६ का अनिल ऋिषिदेवको चट्याङ लागेर मृत्यु भएको हो ।
प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार दिउँसो ३ बजेतिर पानीसँगै परेको चट्याङ लागेर उनीहरुको स्थानीय दोहमना बजारमा मृत्यु भएको हो ।

120 Shares

Related Articles