नवलपुरका पत्रकारले पत्रकार महासंघ नवलपुरको कार्यालय अगाडि आज धर्ना दिने

नवलपरासी । नेपाल पत्रकार महासंघ नवलपुर शाखासँग विभिन्न माग राख्दै आन्दोलनरत नवलपुरका पत्रकारहरुले आज नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालय अगाडि धर्ना दिने भएको छ ।


धर्ना विहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा हुने छ । क्रान्तिकारी पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस सेन्टर, डब्लुडब्लुजे, फोनिज नवलपुर र वातावरण पत्रकार मञ्चले संयुक्त रुपमा आन्दोलन थालेको छ ।
आजसम्म माग पुरा नभए भोलि नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने कार्यक्रम रहेको छ ।

पत्रकारका पेशागत संगठनले पत्रकार महासंघलाई आन्दोलनको बारे जानकारी गरायो

नवलपुरका पत्रकार संगठनद्वारा दोस्रो चरणको आन्दोलनको घोषणा

 

78 Shares

Related Articles