प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक सामुहिक बलात्कार आरोपमा पक्राउ

रूपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । गैडहवा गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अधिकृत जीवन ज्ञवालीसहित १२ जनाको समूहले युवतीमाथि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

२ असारमा  युवतीमाथि राति बलात्कार भएको प्रहरीले जनाएको छ । गैडहवाका–९ का २२/२३ वर्षका दुई युवती र स्थानीय विष्णु थारूले राति  होटलमा सँगै बसेर मदिरा पिएका थिए । त्यसपछि घर फर्किने क्रममा विष्णुले अन्य साथीलाई बोलाएर जबर्जस्ती गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।

पीडितले किटानी जाहेरी दिएपछि कार्यक्रम अधिकृत ज्ञवालीलाई ५ असारमा पक्राउ गरी घटनाको अनुसन्धान अघि बढाइएको इलाका प्रहरी लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताए।

ज्ञवालीले भने आरोप अस्वीकार गरेका छन्। अभियुक्त विष्णु फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।

घटनामा १२ जना संलग्न रहेको अनुमान गरिएको छ ।

169 Shares

Related Articles