विप्लवसँग अब वार्ता हुँदैन : प्रधानमन्त्री

धानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताको सम्भावना नरहेको बताएका छन्।

पछिल्लो समय नेकपाका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताले विप्लवसँग वार्ता भइरहेको संकेतसहितका अभिव्यक्ति दिएका बेला प्रधानमन्त्रीले ती कुरा ‘व्यक्तिगत’ भएको बताएका हुन्। नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बुधबार साँझ बोल्दै प्रधानमन्त्रीले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका क्रियाकलाप ‘विकास र देश विरोधी’ भएकाले वार्ताको सम्भावना नरहेको बताएका हुन्।

मुलुकका सबै समस्या वार्ताबाट समाधान गर्ने सरकारको नीति भए पनि वार्तामा बोलाउँदा ‘गालीगलौज र ठुला’ कुरा गरेकाले विप्लवसँग वार्ताको सम्भावना नरहेको प्रधानमन्त्रीले बताएका हुन्।

 

122 Shares

Related Articles