न्यूजल्याण्डसँगको खेलमा पाकिस्तान ६ विकेटले विजयी

7

 


कावासोती । विश्वकप क्रिकेटको बुधबार राति भएको न्यूजल्याण्ड विरुद्धको खेलमा खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको छ । विश्वकप क्रिकेट २०१९ मा एक खेल पनि हार नबेहोरेको न्युजल्याण्ड पाकिस्तानसँग हार बेहोर्नु परेको हो ।
पहिले टस जितेर व्याटिङ्ग रोजेको न्यूजल्याण्डले निर्धारित ५० ओभरको खेलमा पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा २ सय ३७ रन जोडन सफल भएको थियो ।
२ सय ३८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तानले निक्कै कठिनका साथ जित निकालेको हो ।
पाकिस्तानलाई जितका लागि १ रन आवश्यक रहँदा उसँग १ ओभर मात्र बाँकी थियो भने ४ विकेट गुमाएको थियो ।
पाकिस्तानले ५० ओभर पुरा हुन पाँच बल बाँकी छदा जित निकालेको हो ।
जितसँगै पाकिस्तानको सेमीफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ ।

You might also like
Loading...