एसईईकाे परीक्षाफल अाज

 

एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’ सामान्यतया बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गर्ने चलन छ ।

एसईईको नजिता यसपटक परीक्षा बोर्डको वेबसाइटका अतिरिक्त विभिन्न १९ वटा सर्टकोड र वेबसाइटबाट हेर्न सकिनेछ ।

बोर्डका अनुसार एसईईको नतिजा हेर्न मोबाइल फोनबाट सिम्बोल नम्बर टाइप गरेर एसएमएस गर्दा आउने व्यवस्था मिलाइएको छ । यसका लागि ३१००३, ३१००७, ३४९४९, ३५००१ र १६०० मा एसएमएस पठाउनुपर्नेछ ।

यसका अतिरिक्त शिक्षा मन्त्रालयको वेबसाइट, परीक्षा नियन्त्रण कार्यालय, अनलाइन खबर, इडीयू सञ्जाल, नेपाल टेलिकम, एनसेल र कान्तिपुर पब्लिकेसनको वेबसाइटबाट समेत नतिजा हेर्न सकिने व्यवस्था छ ।

203 Shares

Related Articles