नवलपुरका पत्रकारहरुको धर्ना

कावासोती । नेपाल पत्रकार महासंघ नवलपुर शाखाको कार्यालय अगाडि नवलपुरका पत्रकारहरुले विहीबार एक घण्टा धर्ना दिएका छन् ।


प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, डब्लुडब्लुजे, फोनिज नवलपुर र वातावरण पत्रकार मञ्चले संयुक्त रुपमा धर्ना दिएका हुन् ।
नेपाल पत्रकार महासंघ नवलपुर शाखामा सदस्यता शुद्धिकरण, नयाँ सदस्यता शुल्क, नयाँ सदस्यता वितरण, आर्थिक पारदर्शिता लगायतका माग राख्दै आन्दोलन थालिएको हो । यि सबै विषयमा सबै संगठनको प्रतिनिधित्व हुने गरि कार्यदल बनाएर समस्या समाधान गर्नु पर्ने आन्दोलनरत पेशागत संगठनहरुले माग राखेका छन् ।


त्यसैगरी नवलपुरका पत्रकारहरुको पेशागत संगठनहरुले विहीबार नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी गर्दैछन् ।
महासंघ नवलपुरले भने वार्ता र संवादबाट माग सम्बोद्धन गर्न चासो दिएका छैनन् ।

162 Shares

Related Articles