बुद्धिचाल संघ नवलपुरको अध्यक्षमा पोख्रेल

5

शोभा जिसी
कावासोती । नेपाल बृद्धिचाल संघ नवलपुरको कावासोतीमा भएको पाचौँ अधिवेशनले बाबुराम पोख्रेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।


कावासोतीमा भएको अधिवेशनको नेपाल वृद्धिचाल सघंका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठ उद्घाटन गरेका थिए । अधिवेशनले उपाध्यक्षमा चन्द्रप्रसाद भट्टराई, सचिवमा विश्वनाथ पाण्डे र कोषध्याक्षमा हरिशचन्द्र आचार्यलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा अशोक सिग्देल, हिरालाल चौधरी, भुपराज रेग्मी, प्रदीप मिश्र लगायत रहेका छन् ।
नेपाल बृद्धिचाल संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विदुर गौतम, सचिव धर्मबहादुर लामा, जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि तथा जिल्ला फुटबल संघका अध्यक्ष सेतमान पुनले शुभकामना मन्तव्य राखेका थिए ।
बाबुराम प्रोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालक विश्वनाथ पाण्डे गरेका थिए भने चन्द्रप्रसाद भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

You might also like
Loading...