प्रियंकाले वेब सिरिज निर्माण गर्ने


अभिनेत्री प्रियंका कार्कीले चाँडै फिल्म निर्माण गर्दैछिन् । साम्तेन भुटियाले फिल्मको निर्देशन गर्दैछन् । यसबीच, उनले आफ्नै निर्माण र निर्देशनमा वेब सिरिज घोषणा गरेकी छन् । अचेल शहरिया युवापुस्तामा वेब सिरिजको राम्रो क्रेज भएका कारण प्रियंकाले ‘जस्ट एनदर लभस्टोरी’ नामक वेब सिरिजको निर्माण र निर्देशन गर्न लागेकी हुन् । सिरिजले समलिंगी प्रेमको कथा भन्छ । प्रियंकाले आफ्नै कम्पनी पिंकलेबल पिक्चर्सबाट यसको निर्माण गर्न लागेकी हुन् ।





यस सिरिजको पहिलो एपिसोड आगामी गाइजात्रको छेकोमा १६ अगस्टमा सार्वजनिक हुनेछ । १५ देखि १८ मिनेटसम्मका आठवटा एपिसोड सुरुमा निर्माण गर्ने प्रियंकाको लक्ष्य छ । वेब सिरिजमा उनी र अभिनेत्री सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहनेछ । समलिंगी मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले सिरिज निर्माण गर्न लागेको प्रियंका बताउँछिन् । उनले वेब सिरिजको घोषणासँगै पोस्टर पनि सार्वजनिक गरेकी छन् ।




सम्बन्धित
Loading...