कुन सेलिब्रेटीको कमाई कति ? नयाँ सुची सार्वजनिक


सर्वाधिक कमाइ गर्ने सेलिब्रिटीको सूचीमा पपस्टार टेलर स्विफ्ट अग्रपंक्तिमा देखिएकी छिन्। फोर्ब्स पत्रिकाले वर्षनी सार्वजनिक गर्ने ‘टप–अर्निङ सेलेब’ सूचीमा उनले अभिनेता र खेलाडीहरुलाई पछि छाडेकी हुन्।




फोर्ब्सका अनुसार २९ वर्षीय स्विफ्टले सन् २०१८ को जुन महिनामा १८५ मिलियन डलर अग्रिम कर दाखिला गरेकी थिइन्। उनी सन् २०१६ मा पनि सूचीको अग्रस्थानमा थिइन्।




सोसल मिडिया तथा टिभी स्टार काइली जेनर सूचीको दोस्रो नम्बरमा छिन् भने र्‍यापर केनी वेस्ट तेस्रो स्थानमा छन्।  फुटबलर लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेमारले क्रमशः चौंथो, छैटौं र सातौं स्थान सुरक्षित गरेका छन्। गायक एड सिरान सूचिको पाँचौं स्थानमा छन्।




सम्बन्धित
Loading...