पाल्पाको सिद्धबाबामा गएको पहिरोमा परी एक जनाको मृत्यु (भिडियो सहित)


सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको हेडबक्स नजिकै गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।




पहिरोमा परि बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको लु ५० प ४६७१ नम्बरको मोटरसाईकलका चालक पाल्पाको निस्दी गाउँपालिका ४ मित्याल निबासि ३१ वर्षीय धन बहादुर सुनारिको मृत्यु भएको छ । तीन देखि परेको अविरल बर्षाका कारण आएको पहिरोले मोटरसाईकल बगाएको हो ।

पहिरोका कारण अहिले बुटवल पाल्पा सडकखण्ड अबरुद्ध भएको छ । पहिरो हटाएर सडक सुचारु गर्न समय लाग्ने सक्ने प्रहरिले बताएको छ ।




 




सम्बन्धित
Loading...