किस्मायु हमला: सोमालियामा भएको हमलामा कम्तीमा २६ को मृत्यु


दक्षिणी सोमालियाको एउटा होटलमा भएको हमलामा एक टेलिभिजन पत्रकारसहित कम्तीमा २६ जना मारिएको समाचारहरूमा जनाइएको छ।




हमलामा ज्यान जोगाउन सफल भएका र अधिकारीहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले विस्फोटक पद्धार्थहरूले भरिएको एउटा कार असासे होटलमा ठोक्काएका थिए।

त्यसपछि बन्दुकधारीहरूले होटलको भवनमा हमला सुरु गरे। पत्रकार होडन नल्य र उनका श्रीमान ज्यान गुमाउनेहरूमध्ये रहेको बताइएको छ।




इस्लामिक समूह अल-शबाबले हमलाको जिम्मेवारी लिएको छ। अधिकारीहरूका अनुसार चारजना आक्रमणकारी मारिएपछि हमला समाप्त भएको छ।

क्षेत्रीय नेताहरू र जातीय समुदायका अगुवाहरू होटलमा थिए। र हमलाका बेला त्यहाँ उनीहरूले आसन्न क्षेत्रीय निर्वाचनबारे छलफल गरिरहेका थिए।

प्रत्यक्षदर्शीहरूले विस्फोटन लगत्तै गोलीको आवाज सुनेका थिए। हमलाकारीहरू होटलभित्रै भए-नभएको अझै स्पष्ट हुन सकेको छैन।

एकजना सुरक्षा अधिकारी अब्दी धुहुलले एएफपी समाचार संस्थालाई बताए अनुसार एकजना पूर्व स्थानीय प्रशासनमन्त्री र एकजना सांसद मारिनेमध्ये छन्।

स्थानीय सञ्चारमाध्यमहरू र सोमाली पत्रकार महासंघले ४३ वर्षीया नल्य र उनका श्रीमान फरिद मारिनेमध्ये रहेको जनाएका छन्।

नल्यले सञ्चालन एवम् उत्पादन गर्ने एउटा अङ्ग्रेजी भाषाको कार्यक्रम ‘इन्ट्रीगेसन टिभी’ले भने अझै ती समाचारहरूको पुष्टि गरेको छैन। BBC




सम्बन्धित
Loading...