नवलपरासीको बर्दघाटबाट पोखराका दुई जना लागुऔषध सहित पक्राउ


संजय तिवारी
नवलपरासी, २९ असार ।





पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले नवलपरासीको बर्दघाट नगरपालिका २ बाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
बर्दघाट नगरपालिका २ चिसापानी चोकमा पूर्वपश्चिम लोकमार्ग चेकजाँचको क्रममा बसमा जाँदै गरेका पोखरा महानगरपालिकाका दुई जनालाई लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ९ बस्ने २७ बर्षका आकाशजंग आले र सोही ठाउँका ३० बर्षीय लक्ष्मण गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले डाइजोपाम, नुफिन र फेनारगन २÷२ एमएलको ४६÷४६ एम्पुल बरामद गरेको जनाएको छ ।
पक्राउ परेकाहरुलाई कानुन कारवाही अगाडि बनाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी विरेन्द्र थापाले बताए ।

नवलपरासीमा लागु औषध सहित ४ जना पक्राउ





सम्बन्धित
Loading...