नवलपुरको मुटु कावासोती बजारबाट टाटा सुमो गाडी चाेरी

40

बिजय चालिसे ।

असार, ३१, कावासोती ।

नवलपुरको कावासोती बजारबाट सुमो गाडी चोरी भएको छ । कवासोतिको सभापति चोकमा पार्किङ गरिराखेको बा ११ च ५२२७ नम्बरको निजि टाटा सुमो गोल्ड गाडी गएराती चोरी भएको गाडी धनी कुमार गुरुङले जानकारी दिनुभयो ।

हिजो दिनभर काममा गएर साझ साढे ७ बजेतिर सधै पार्किङ गरेर राख्ने ठाउमा राखिएको गाडी राती सवा २ बजे चोरी भएको गाडी चालक मान बहादुर क्षेत्रीले बताउनुभयो । गाडी हराएको विषयमा आफुले जिल्ला प्रहरी कार्यलयमा लिखित उजुरी दिएको गाडी धनी गुरुङले बताउनुभयो ।

राती सवा २ बजेतिर गाडी स्टार्ट गरि पश्चिम तर्फ लगिएको सिसि क्यामरामा देखिएको प्रहरिले बताएको छ । चोरी भएको गाडिका विषयमा खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

You might also like
Loading...