बल्खुमा भेटिए करछली ल्याएका हजाराैं थान मोबाइल सेट


जेएसएस मोवाइल कलेक्सन एण्ड सर्भिसिङ सेन्टरमा छापा मारेको प्रहरीले सो सेन्टरको अर्को गोदाममा समेत छापा मारेको छ ।




ललितपुरको सानेपामा प्रहरीले छापा मारेको अर्को गोदामबाट छापा मारी प्रहरी र राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेर ठूलो परिमाणमा मोबाइल बरामद गरी सिलबन्दी गरेको हो ।

बल्खुमा रहेको एक घरमा भारत पठाउन तयारी गरिएको गोधामा छापा हान्दा कर छली ल्याएको करिब एक दर्जन बढी कम्पनीका हजारौं मोबाईल भेटिएको ललितपुर प्रहरीले जनाएको छ ।




चीनबाट कर छली गरेर ल्याएका मोबाइलमा लाग्ने मोमोरी कार्ड लगायतका विभिन्न सामाग्रीहरु अवैध रुपमा भित्र्याएको सूचनको आधारमा प्रहरीले सुरुमा सानेपामा छापा हानेको थियो ।

सानेपामासमेत प्रहरीले ५ करोडभन्दा बढीको सामाग्री सिज गरेको छ । उनीहरुले यसरी नै अन्य ठाउँमा समेत अवैध कारोबार गर्ने गरेको आशंका रहेको ललितपुर प्रहरी परिसरका प्रमुम एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।

बल्खुको गोदाममा समेत करोडौंको मोबाई रहेको प्रहरीको भनाइ छ । जेएसएस मोवाइल कलेक्सन एण्ड सर्भिसिङ सेन्टरकाका एकजना सञ्चालक गोविन्द वंशललाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी अर्का सञ्चालक मोहन वंशलकी श्रीमती समेत नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...