चितवनमा अवैध यौनजन्य क्रियाकलाप बढ्दो


चितवन प्रहरीले अवैध यौनजन्य क्रियाकलाप तथा सामाजिक विकृती रोक्न भन्दै भरतपुर र आसपासका होटल तथा र रेष्टुरेन्टहरुमा छापा मारेको छ ।




क्लिन चितवन अभियान अन्तरगत प्रहरीले आज (सोमबार) जिल्लाका नगर तथा ग्रामीण भेगमा रहेका होटल, लज, रेष्टुरेण्ट, कटेजहरुमा छापा मारेर ९७ जनालाई पक्राउ गरेको छ । शंकास्पद अवस्थामा पक्राउ पर्नेमा ४२ जना पुरुष, ४३ जना महिला र १२ जना होटल संचालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) एकनारायण कोइरालाले जानकारी दिए ।

नियन्त्रणमा लिईएकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आज दिउँसो २ बजे एकसाथ होटल, रेष्टुरेन्ट तथा लजहरुमा छापा मारेको हो ।







सम्बन्धित
Loading...