सुनवल, परासी र बर्दघाटको मुख्य मुख्य चोकमा सिसी क्यामराद्वारा प्रहरीको निगरानी


शोभा जिसी
नवलपरासी, ६ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासी, बर्दघाट र सुनवल गरी तीन मुख्य बजारमा प्रहरीले सिसी क्यामराबाट निगरानी बढाएको छ ।





सवारी दुर्घटना, सुरक्षा संवेदनशिलता, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै शान्ति सुरक्षा कायम गराउने उद्देश्यले ३ मुख्य बजारको १८ स्थानमा सिसी क्यामरा जडान गरी सिसी क्यामरा मार्फत निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए ।
थापाका अनुसार प्रदेश सरकार ५ नम्बरको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त सिसी क्यामरा जडान गरिएको हो ।
परासी बजारमा ८ वटा, सुनवलमा ५ वटा र बर्दघाट बजारमा ५ वटा गरी १८ वटा सिसी क्यामरा जडान गरिएको छ ।




सम्बन्धित
Loading...