इन्डोनेशियाको बालीमा प्रेमीसँगको मस्ती मुडमा नायिका साम्राज्ञी (फोटो फिचर)


नेपाली सिनेमा क्षेत्रकी लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह आज भोली आफनो फिल्म भन्दा बढि प्रेम सम्बन्धको कारण चर्चामा आउँने गरेकीछिन् । केही समय अगाडीसंग व्यवसायी मयंक खड्काको प्रेममा रहेकी उनी इन्टु मिन्टु फिल्मसंगै ब्रेकअपमा पुगिन् । लगत्तै उनी देवाङ्कस राणाको प्रेममा परिन् । सुरुमा त उनले देवाङ्कसलाई मिडियासामु ल्याउँने हिम्मत नै गरिनन् । आफनो फिल्मको घोषणा र प्रिमियरमा प्रेमीलाई साथै लिएर जाने साम्राज्ञीले बिस्तारै बिस्तारै सामाजिक सञ्जालमार्फत आफनो प्रेमीलाई सार्वजनिक गर्न थालिन् । उनीहरुको प्रेमले सिने बजार निकै तात्यो तर उनीहरुको प्रेमले सिनेबजार के तातेको थियो र अहिले उनीहरुको तस्बिरले जति तताएको छ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा समेत रहेका देवाङ्कस र साम्राज्ञी छुट्टी मनाउँन इन्डोनेशियाको बाली पुगेकीछिन् । जहाँ उनले आफनो प्रेमीसंग नितान्त व्यक्तिगत समय बिताएकी छिन् ।








सम्बन्धित
Loading...